के फेरी लकडाउन हुन्छ ? यसो भन्छन् स्वास्थ्य मन्त्री त्रिपाठी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 04:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले लकडाउन नहोस भन्ने सरकारको चाहना रहेको बताएका छन्  । सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री त्रिपाठीले यस अघिको लकडाउनले अर्थतन्त्रमा गहिरो प्रभावले लकडाउन हुने अवस्था आउन नदिन् प्रयत्न गरिने बताएका हुन्  । 

उनले कोरोना संक्रमणको दर फेरी बढ्दै गएकोले जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य मापदण्ड पालना गरेको खण्डमा लकडाउन गर्नु पर्ने अवस्था नआउने भएकोले लकडाउन हुने अवस्था आउँन नदिन प्रयास गरिने उनले बताएका हुन्  । उनले भने 'लकडाउन हुने अवस्था आउनै नदिनको लागि प्रयास रहने छ' । 

उनले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने बताएका छन् । अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने उनको भनाई थियो ।  

मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको स्वेत पत्र जारी गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved