दीपाश्री निरौला लगायतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 10:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्र क्षेत्रका केहि कलाकारको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच पुर्याएर उनीहरुका निकटका व्यक्तिहरुबाट रकम असुली गर्ने व्यक्ति पक्राउ परेका छन्। केहि कलाकारहरुले आफ्नो फेसबुक ह्याक गरि रकम असुल गरेको भन्ने ब्योहोराको निबेदन दिए पश्चात अनुसन्धान गर्ने क्रममा ति व्यक्ति पक्राउ परेको साइबर ब्युरोले जनाएको छ। 

अनुसन्धानको क्रममा  पर्साका १४ बर्षिय बहुदरमाई (परिवर्तित) नाम गरेका बालक पक्राउ परेको साइबर ब्युरो भोटाहिटीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिए। 

विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन २०६३ बमोजिमको कसुर गरेको पाइएकाले जिल्ला अदालत काठमाडौंको आदेशले पक्राउ अनुमती लिई ति युवकलाई प्रहरी कार्यलय पर्साको सहयोगमा यहि चैत २३ गते पक्राउ गरि थप अनुसन्धान भईरहेको अर्यालले जानकारी दिए। 

कलाकार सरोर खनाल र निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौलाको फेसबुक एकाण्ट ह्याक भएको र ह्याकरले उनीहरुलाई म्यासेजमार्फत पैसा माग्न थालेको निर्देशक तथा अभिनेता दीपकराज गिरीले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए। 

गिरिकाअनुसार निरौलाको फेसबुक एकाउन्टबाट उनीसँगै  ‘छक्का पञ्जा’ चलचित्रका सह–निर्माता सुमन गिरीसँग पैसा मागिएको थियो। दीपाश्रीलाई आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा उपचाररत रहेको र त्यसको लागि पैसा चाहिएको भन्दै नेपालीमा नै म्यासेज पठाईएको अभिनेता गिरीले जानकारी दिएका थिए।  

दीपाश्री उजुरीका लागि महानगरीय अपराध महाशाखा पुगेकी थिईन। अभिनेता सरोज खनालको फेसबुक पनि ह्याक भएको थियो। उनको एकाउन्टबाट बेलायतमा रहेकी नेपाली समाजसेवी इशा गुरुङसँग पैसा मागिएको थियो।  दुबैलाई आएका म्यासेजमा एक एक लाख रुपैयाँ मागिएको बताईएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved