प्रहरी लगाएर ट्रष्टले नियन्त्रणमा लियो काठमाडौँ प्लाजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 04:59:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कमलादीस्थित काठमाडौं प्लाजा नेपाल ट्रष्टले खाली गराएको छ । सम्झौता अवधिभन्दा १० महिना ढिला गरी व्यवसायीलाई हटाएर ट्रष्टले प्लाजाको भवन नियन्त्रणमा लिएको हो ।

सुरक्षा निकायको सहयोगमा भवन आफ्नो नियन्त्रणमा लिईएको ट्रष्टले जनाएको छ । प्लाजामा ट्रष्टको सूचना नमान्दै अटेरी गरेर बसेका व्यवसायीको फर्म ट्रष्टले शील गरिदिएको नेपाल ट्रष्ट कार्यालयका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

ट्रष्टको कार्यालयले वैशाख २ गतेदेखि प्रहरी लगाएर भवन खाली गराउने भन्दै बैशाख ३१ गते नै माइकिङ गरेको थियो । भवन भाडा लिने कन्सेप्ट डेभलपर्सले आफूले व्यवसायीलाई हटाउन नसकेको भन्दै ट्रष्टलाई नै बल व्यवसायी हटाउन सहमति दिएपछि ट्रष्ट आफैँले सुरक्षाकर्मी लगाएर भवन आफ्नो जिम्मामा लिएको हो ।

२०५० सालमा कन्सेप्ट डेभलपर्ससँग भएको २७ वर्षको सम्झौता सकिएपछि उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय ट्रष्टले गरेको थियो । महानगरपालिकाले ६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी उक्त प्लाजा भाडामा लिन लागेको हो । तर, कन्सेप्टले भवन खाली गरेको थिएन । नेपाल ट्रष्टको कार्यालयले १० महिनामा ३ पटक सूचना जारी गरेको थियो 

ट्रष्टको कार्यालयले प्लाजाबाट पाउनुपर्ने भाडा पनि असारदेखिको पाएको छैन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved