रेस्टुरेन्ट र सपिङ मलमा भिडभाड नगर्न मन्त्रालयको आग्रह, ८ जिल्ला अति प्रभावितको सूचीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 05:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सार्वजनिक स्थानहरू बेलुका ७ बजेपछि खाली राख्न अनुरोध गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोध गरेको हो ।

जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मल जस्ता मानिसको भीडभाड हुने स्थानमा बेलुका ७ बजेपछि सहभागी नहुन मन्त्रालयले आग्रह गरेको हो । 

मन्त्रालयले कोरोना अति प्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की (पोखरा), रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङमा भीडभाड बढेकाले सुरक्षा सतर्कता अपनाउन भनेको छ । मन्त्रालयले चैत २५ देखि नै रात्रिकालीन व्यवसायहरू बन्द गर्न भनिसकेको छ । भारतमा कोरोना संक्रमितको सङ्ख्या बढेपछि नेपालमा पनि सुरक्षा सतर्कता अपनाइएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved