रोकिएन कोरोनाको त्रासः एकै दिन ५ को मृत्यु, ५३४ मा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 05:19:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना पुष्टि भएको छ भने कोभिड­को कारण ५ को मृत्यु भएको छ । उक्त अवधिमा तीन हजार ३५८८ मा पिसीआर परीक्षण र ५६४ मा एन्टिजेन परीक्षण भएको थियो ।

पिसीआर विधिबाट परीक्षण गरिएका ४९० र एन्टिजेन परीक्षण गरिएका ४४ गरी ५३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यसमध्ये उपत्यकामा मात्रै २६२ मा सङ्क्रमण देखिएको छ ।

आज १५७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव ४ प्रतिशत छ । मुलुकभरी आइसोलेशनमा रहेका ९१ मध्ये ३५ भेन्टिलेटरमा छन् ।

आजसम्म २३ लाख २९ हजार ५४७ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा २ लाख ८२ हजार ५४ मा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ७४ हजार ४ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६३८ छ ।  साथै ३०६६ को मृत्यु भएको छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved