सीसीएमसीकाे बैठक बस्दै, के होला विद्यालय बन्द बारे निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2021 | 01:23:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक शनिबार बस्दैछ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त केन्द्रकाे दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । 

यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले १४ जिल्लाका विद्यालय बन्द गर्न अपिल गरेको छ । 

सिसिएमसीका सचिव खगराज बरालले बैठक स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने जानकारी दिए । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कम्तीमा ३० दिन विद्यालय बन्द गरिनुपर्ने बताउँदै आएका छन् ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved