बाख्रा फार्ममा आगलागी हुँदा ४० खसिबाख्रा मरे, ६० लाख बढिको क्षति

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 18, 2021 | 12:23:58 PM मा प्रकाशित

sarbottam cement

झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको लगानीमा सञ्चालीत उक्त फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो ।

आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना जल्दा करिब ६० लाख रूपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र टिनको छानोले निर्माण भएको फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved