हिमाल सफाई अभियानको लागि नेपाली सेनासँग साझेदारी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 18, 2021 | 05:45:01 PM मा प्रकाशित

sarbottam cement

कोकाकोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो । यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । “हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।” उनले भने । 

२०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोकाकोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान २०७६” नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो । 

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गर्ने बताउँदै नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली, लिडर र सदस्यहरुलाई शुभकामना व्यक्त गरे ।

नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “हाम्रो ग्लोबल “वल्र्ड विथआउट वेस्ट” लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो । हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ । ”उनले प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियान मार्फत नेपाललाई स्वच्छ राख्ने आशा राखेको बताए ।

सन् २०१८ मा कोकाकोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतल र क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्देश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोकाकोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहल गर्नुका साथै आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाईकलका विभिन्न परियोजनाहरु मार्फत “वल्र्ड विथआउट वेष्ट”का उद्देश्यहरु पुरा गर्ने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved