लुम्बिनी प्रदेश सरकारमा जनता समावजादीको प्रवेश, को को बने मन्त्री ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 05:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा भित्रै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराएका छन् । थपिएका ४ मन्त्री र हेरफेर भएका ३ मन्त्रीलाई प्रदेश प्रमुख यादवले सपथ ग्रहण गराएका हुन् । 

सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको हो ।

सन्तोष पाण्डे भौतिक पूर्वाधारमन्त्री बनेपछि लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना र ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उद्योगमन्त्री रहेकी लीला गिरीले आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । कृषिमन्त्री रहेकी आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्री बनाइँदा कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved