कोरोनाको संक्रमण दर बढ्दो, एकै दिन ८ को मृत्यु, १२८१ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 05:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

यसमध्ये पिसिआर विधिबाट एक हजार २२७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ६३४ जना छन् । तीमध्ये भक्तपुरमा ३२, ललितपुरमा ९७ र काठमाडौँमा ५०५ जना छन् । मन्त्रालयका अनुसार हाल देशभर सात हजार २५४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै संस्थागत आइसोलेशनमा ५८७ जना र होम आइसोलेशनमा छ हजार ६६७ जना रहेका छन् । यस्तै देशभर १४८ जना आइसियु र ४३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचारत छन् । गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved