कुनै पनि परीक्षा नरोकिने, मुख्य शहरका विद्यालय वैशाखभर बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 06:01:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पूर्वनिर्धारित परीक्षा नरोकिने जनाएको छ । सरकारका प्रवक्ता पार्वत गुरूङले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्कुल, विश्वविद्यालय र चिकित्सा शिक्षाको प्रयोगात्मक परीक्षा निरन्तर हुने निर्णय भएको बताए । स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारु गर्ने निर्णय भएको उनले बताए।

देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु वैशाखभर भौतिक रूपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारू गर्ने निर्णय पनि सरकारले गरेको छ।

नयाँ भेरियन्टको कोरोना संकम्रण बढ्दै गएकोले सरकारले जनस्वास्थ्यको मापदण्ड सहित नयाँ आदेश जारि गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved