यी २५ स्थानका विद्यालय वैशाखभर बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 06:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ  । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

जस अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बन्द रहने छन् । त्यस्तै बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु तथा इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु पनि बन्द हुने सरकारको आदेशमा उल्लेख छ । त्यस्तै मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् । यी स्थानमा भर्चुअल माध्यमबाट पठनपाठनको ब्यबस्था मिलाउनु पर्ने निर्णय सरकारले गरेको छ । 

यहाँ उल्लेख महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाशरुको पठन–पाठन भने सुचारु हुने सरकारले जनाएको छ । पूर्व निर्धारित परीक्षा भने स्वास्थ्य मापदण्डको पालना सहित संचालन हुने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved