काठमाडौँमा कडाइ, अब के के गर्न पाइदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 05:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यलय काठमाडौँले सर्वसाधरणलाई कोरोना रोकथामका लागि  विभिन्न  आदेश जारी गरेको छ । नयाँ भेरियन्ट सहितको केभिड–१९ महामारीको संक्रमण बढ्दै गएको कारण सो को रोकथाम तथा नियन्त्रण का लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निणर्य अनुसार सम्पूर्ण सरोकारवालाहरूलाई प्रशासन कार्यलयले आदेश जारी गरेको हो । 

जसअन्तर्गत काठमाडौँ जिल्लाका सबै शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) मा बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्न साथै पूर्व निर्धारित परीक्ष तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन  गर्न आदेश दिएको हो ।

आदेशअनुसार एक पटकमा २५ जना भन्दा बढि भेला हुने, भीडभाड हुने सबै प्रकारका  ठाउँहरु बन्द गर्नु पर्ने छ । साथै विवाह वा व्रतबन्धका लागि पाटी प्यालेस प्रयोग गर्नु परेमा  जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनु पर्ने छ । 

धार्मीक स्थलमा नित्य पूजा, ध्यान र प्राथना मात्र गर्न पाउने , सभा सम्मेलन जस्ता कार्य सञ्चालन गर्नु परेमा भर्चुअल माध्यमबाट गर्न , कार्यलय र पसल जस्ता सार्वजनिक स्थानमा सेनिटाइजर र मास्को प्रयोग अनिवार्य गर्न र होटल तथा रेष्टुरेण्टहरू बिहान ८ देखि बेलुका ८ बजे सम्म सञ्चालन गर्न  आदेश दिएको हो । 

आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने कार्यलयले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved