काठमाडौंमा गाडी चलाउँन नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 05:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जिल्लामा कोरोनाको प्रभाव बढ्न थालेपछि सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा यातायात  व्यवसायीलाई विभिन्न आदेश जारी गरेको छ ।

आज सुचना जारी गर्दै कार्यालयले सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाउने, सबै यात्रुलाई मास्क अनिवार्य गर्नुेपर्ने तथा सवारी साधनको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने लगाएत विभिन्न विषयमा ध्यान दिन आग्रह गरेको छ ।

सार्वजनिक यातायातमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र यदि नलगाएको खण्डमा चालक तथा सह– चालकले बढिमा रू.१०÷ लिई मास्क उपलब्ध गराउन अनुरोध गरेको छ । त्यस्तै सुचनामा लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरूको स्थानदेखि अन्तिम गन्तव्य सम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) काठमाडौंलाई उपलब्ध गराउन समेत अपिल गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved