ओलीसँगको वार्तापछि केहि नबोली बाहिरिए माधव नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 07:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपालबीच भेटवार्ता सकिएको छ । पार्टी नै विभाजनको उत्कर्षमा पुगेको टिप्पणी र अड्कालबाजी भईरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच काठमाडौँको मेरियट होटेलमा वार्ता भएको हो ।

वार्तापछि नेता नेपाल संचारकर्मीलाई प्रतिक्रिया नदिई निस्केका छन् । उनी होटेलबाट बाहिर निस्कना साथ संचारकर्मीले प्रतिक्रिया दिन आग्रह गरेपनि उनी प्रतिक्रिया नदिई निस्केका हुन्।

त्यसपछि निस्केका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने वार्ता पछि दुवै प्रफुल्ल रुपमा निस्किएकोले संकेत राम्रो भएको बताए  । भेटघाटको प्रबन्ध आफुले नगरेको उनको भनाई थियो । दुवै नेता मिल्दा देशको लागि र सबैको लागि राम्रो हुने उनले बताए। 

 वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved