आज कहाँ कहाँ पर्छ पानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 09:22:42 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश २, बागमती प्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।


महाशाखाले आज बिहिबार देशभर आँशिक देखि सामान्य बदली रही  सुदुर पश्चिम प्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेश  र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना पनि रहेको महाशाखले उल्लेख गरेको छ।


महाशाखाका अनुसार बिहिबार राति देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार देशको सुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहने उल्लेख छ । सुदुरपश्चिम प्रदेशकर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको मह्शाखाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved