बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 12:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड दैनिक नौ घण्टा सवारी आवत जावत रोक्न समय तालिका सार्वजनिक भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको लागी वैशाख मसान्तसम्म दैनिक नौ घण्टा बन्द गरेर निर्माण कार्य अगाडी बढाउने भएको हो ।  

बिहान साढे ६ बजे देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडक बन्द गर्ने आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए ।  उनले आवश्यकता अनुसार अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्ने बताए । सडक बन्द हुने स्थानबाहेक अन्य ठाउँमा भने सवारी चल्नेछन् ।

बेनी–जोमसोम ७६ किमी सडकका लागी शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । चार प्याकेजमा काम भइरहेको उक्त आयोजनामा एक किलोमिटर ६ सय मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी–जोमसोम सडक जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । विसं २०७४ बाट निर्माण शुरु भएको यस आयोजनाको  लागत करिब ६ अर्ब रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved