रिक्त रहेको बादलको स्थानमा जेठ ६ गते उपनिर्वाचन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 22, 2021 | 06:35:36 PM मा प्रकाशित

sarbottam cement

गृह मन्त्री रहेका रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सदस्य पद गुमेपछि रिक्त रहेको सो स्थानमा जेठ ६ गते बिहीबार निर्वाचन हुने भएको छ ।  निर्वाचन आयोगले  बागमती प्रदेश अन्य समूह तर्फको निर्वाचन जेठ ६ गते हुने गरि मिति तोकेको हो । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोहि बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि संवत् २०७८ साल बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र यस आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आयोगले आग्रह गरेको छ।

निर्वाचन आयोगले उक्त घोषणा अनुसार आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको जनाएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग आयोगले अनुरोध गरेको छ। 

रामबहादुर थापा 'बादल'लाई उनको पार्टी माओवादी केन्द्रले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेपछि उनको राष्ट्रिय सभा सदस्य(सांसद) पद गुमेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved