भारतमा फेरी भेटियो कोरोना भाइरसको अर्को भेरियन्ट, अहिलेको भन्दा १५ गुणा घातक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 03:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक भारतमा  फेरी नयाँ भेरियन्टको कोरोना भाइरस फेला परेको छ । भारतीय अनलाइन 'द हिन्दू'का अनुसार भारतको भिसाकापटनममा यो भाइरस फेला परेको हो ।

भिसाकापटनमको 'सेन्टर फर सेलुलर एण्ड मोलीक्युलर बायोलोजी'ले नयाँ भेरियन्ट पत्ता लगाएको हो । यसलाई एपी भेरीयन्ट भनिएको छ । द हिन्दूका अनुसार यो भेरियन्ट अहिले देखिएको भाइरस भन्दा १५ गुणा शक्तिशाली छ । अहिले देखिएको  भारतीय भेरीयन्टभन्दा पनि यो खतरनाक हुन सक्ने द हिन्दूले उल्लेख गरेको छ ।

यो भेरियन्ट भिसाकापटनममा फैलिसकेको  समाचारमा उल्लेख छ । समाचार अनुसार नयाँ फेला परेको भाइरसले ३ देखि ४ दिन मै व्यक्तिलाई गम्भीर अवस्थामा पुर्याउन सक्छ । 

आज मात्रै भारतमा  ३ लाख ५७ हजारलाई कोरोना संक्रमण देखिएको छ भने ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ  । भारतमा हालसम्म २ लाख २२ हजार ४ सय ८ जनाको मृत्यु भईसकेको छ भने सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १ सय ३३ रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved