चीनले दिने अक्सिजन सिलिण्डर लिन निगमको जहाज पठाइँदै, भाडामा ‘बार्गेनिङ’ हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 08:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज पठाउने तयारी थालिएको छ । २० हजार सिलिण्डरमध्ये पहिलो चरणमा २ हजार सिलिण्डर ल्याईने र त्यसका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउनेबारे छलफल सुरु भएको हो । 

अर्थ मन्त्रालयले नेपाल एयरलाइन्ससँग कोटेशन माग गरेको थियो । अर्थले मागे अनुसार एयरलाइन्सले कोटेशन पनि बुझाईसकेको छ । भाडामा सहमति हुनासाथ नेपाल एयरलाइन्सको जहाज बेइजिङ गएर सिलिण्डर ल्याउनेछ । 

प्रधानमन्त्री कार्यालयले बैशाख २९ गतेसम्म चीनबाट सिलिण्डर ल्याइसक्ने कार्ययोजना बनाएकाले बैशाख २८ मै निगमको जहाजलाई चीन पठाउने गरी छलफल चलिरहेको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved