२१ टन भएको चिनियाँ रकेट अनियन्त्रित भई पृथ्वीमा खस्ने खतरा, कुन देशमा खस्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 06:50:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ । तर वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन।

सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो। अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ। यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ। यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पर्छ। यदि तपाईँ भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर बस्नुहुन्छ भने यो तपाईँमाथि खस्दैन। तर यसको क्षेत्रमा रहनुभएको छ भनेपनि तपाईँमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ।

सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए। अहिलेको रकेट भने मे १० को वरपर खस्ने अनुमान गरिएको छ। यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले पृथ्वीमा आइपुग्ने एक घण्टा अगाडि मात्रै थाहा पाउने छन्। (बिबिसी) 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved