कोभिड संक्रमण न्युनिकरणका लागि के के भए काम ? यस्तो छ उपप्रधानमन्त्रीको पछिल्लो ‘अपडेट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 08:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको संख्या बढ्ने क्रम तीव्र भएपछि सरकारले उपलब्ध बेड संख्या, अक्सिजनको अवस्था सार्वजनिक गर्न थालेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वको बोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले दिएको पछिल्लो जानकारी अनुसार ४९३ अस्पताल, २० हजार ३६१ शैय्या, १८१७ आइ।सि।यू। ९जसमा १,१०५ प्रयोगमा रहेका०, ७३६ भेन्टिलेटर ९जसमा २९३ प्रयोगमा रहेका०, २६ निजी क्षेत्रबाट संञ्‍चालित प्लान्ट र २,८६५ एच।डि।यू। रहेक छन् ।

यो जानकारी सीसीएमसीलाई गृह मन्त्रालयले उपलब्ध गराएको हो ।

अर्थ मन्त्रालयका अनुसार १ लाख ८१ हजार १८६ मेडिकल उपकरण र ६ हजार ६०२ औषधि भन्सारबाट पैठारी भएको छ । १२० फेस सिल्ड, ९ हजार २०० पल्स अक्सिमिटर, ३० हजार सिरिन्ज र २१६ मेडिकलरसर्जिकल फर्निचर आयात गरिएको छ । 

सात प्रादेशिक अस्पतालको लागि कोभिड(१९ प्रयोगशाला व्यवस्थापन खर्च स्वरुप ३ करोड ३० लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको र अठार केन्द्रीय अस्पतालहरूका लागि कोभिड(१९ प्रयोगशाला व्यवस्थापन खर्च स्वरुप ४ करोड ९५ लाख रकमान्तर भएको छ।

उद्योग, वाणिज्य तथ आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक प्रयोजनका लागि औद्योगिक प्रष्तिष्ठानहरूमा प्रयोग भएका १,८७५ अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगहरूमा फिर्ता भएका छन्। यसरी फिर्ता भएका कुल अक्सिजन सिलिण्डर संख्या २ हजार ९६९ हुन पुगेको छ। 

यस्तै मिति २०७८र०१र२३ गते उद्योग सचिव, गृह सचिव, प्रहरी महानिरीक्षक, सशस्‍त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख समेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यकाका विभिन्‍न अक्सिजन उद्योगहरूको अनुगमन भएको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एक टोली परिचालन गरी बजार अनुगमन समेत भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामाग्रीहरु ९भेन्टिलेटर(४०, अटोमेटेड एनालाइजर(२०, डिआर मेसिन(१०, पोर्टेवल अल्ट्रासाउण्ड(२०, एनेस्थेसिया मेसिन(३०० एक हप्ता भित्र तातोपानी नाकामा आइपुग्ने जानकारी प्राप्त भएको छ। चीन सरकारबाट सहायतास्वरुप प्राप्त हुने स्वास्थ्य सामग्री मध्ये ४०० थान सिलिण्डर र १० थान भेण्टिलेटर नेपाल पठाउनका लागि ९ मे, २०२१ सम्म वेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने जानकारी प्राप्त भएको छ। 

अमेरिकी सरकारबाट केही परिमाणमा पी।पी।इ।, एन्टिजेन टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने जानकारी प्राप्त भएको छ । एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको बताईएको छ ।

स्वास्थ्य मन्त्रालयको सूची बमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानाडा लगायतका मुलुकहरुबाट सहयोग स्वरुप प्राप्त गर्न पत्राचार भएको छ। एक डोज मात्र लगाउँदा पुग्ने र करिब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावास मार्फत रसियाको सम्बन्धित निकायसँग माग गरिएको छ। दक्षिण कोरियाबाट सहायतास्वरुप स्वास्थ्य सामग्रीहरू जी।टु।जी।बाट प्राप्त गर्न स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छ। 

बंगलादेश सरकारबाट सहायता स्वरुप आवश्यक औषधीजन्य स्वास्थ्य सामग्रीहरू प्राप्त हुने भएको छ। भारतबाट लिक्वीड अक्सिजन नेपालमा आयात गर्न लागिआएको प्रतिबन्ध आवश्यक कूटनैतिक समन्वय र प्रयासबाट हटेको छ। सो सम्बन्धमा भारतीय गृह मन्त्रालयले सूचना जारी गरिसकेको अवस्था छ। ढाकास्थित वेक्सिम्को फार्मा मार्फत रेम्डेसिभिर १० मे, २०२१ मा र बंगलादेश सरकारबाट थप पाँच हजार भाएल्स रेम्डेसिभिर ११ मे २०२१ मा प्राप्त हुने र सोको ढुवानी नेपालले नै गर्नुपर्ने जानकारी ढाकास्थित नेपाली राजदूतावासबाट प्राप्त भएको अवस्था छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी प्रेस विज्ञप्ति अनुसार तयार पारिएको सामग्री

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved