पृथ्वीमा खस्यो चिनियाँ अनियन्त्रित रकेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 09:58:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अनियन्त्रित भएको चिनियाँ रकेट आज आइतबार बिहान पृथ्वीमा खसेको छ  ।  बेलायती समय अनुसार ३ बजेर २४ मिनेटमा उक्त रकेटको भाग पृथ्वीमा  खसेको हो 

स्पेस ट्रयाक संस्थाका अनुसार उक्त रकेट  माल्दिभ्स नजिकैको हिन्द महासागरमा उक्त रकेट खसेको हो। रकेटको अधिकांश पार्टपूर्जा अन्तरिक्षमा जलेर ध्वस्त भएको र बाँकी रहेका केहि भाग मात्र महासागरमा खसेको बताईएको छ ।

सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो । यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो। पृथ्वीमा  खस्नु अघि यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको थियो ।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको थिएन। तर २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बनेको छ । यो रकेट वायुमण्डलमा जलेर नष्ट हुने र भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै भएको बताईएको थियो। रकेट खस्नु केहि घण्टा अगाडीसम्ममा  यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूलाई थाहा थिएन । 

सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved