नागरिक एपमा ६ महिनाभित्र ८० वटा नयाँ सेवा थपिंदै, ३ चरणमा कार्यन्वयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 01:03:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । 

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको हो । शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बताएका हुन् । 

केही समयमा नै बागमती प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिँदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर तिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए । 

त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको उनले जानकारी गराए । 

तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेस भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको जानकारी दिए । 

‘नागकिर एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’

सुविधा थप्दै, डेटा क्लिन गर्दै कार्यान्वयनमा जाने अलीले बताए । यसको लागि तीन चरणमा काम हुने उनले बताए । पहिलो चरणमा डाटा क्लिन गर्ने, दोस्रो चरणमा इन्टिग्रेसन र तेस्रो चरणमा पूर्ण कार्यान्वयन हुने बताए । नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका अलीले यो एप बनाउन नेपाल सरकारको एक रुपैया पनि खर्च नभएको बताए । 

त्यस्तै, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइ रहेको बताए । 

उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए । डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको बताए । ‘भविष्यमा नेशनल आइडी कार्डमा जोडिन्े तयारी छ । यसले गर्दा डेटाको समस्या नहुने र प्रमाणीकरण सहज हुनेछ,’ उनले भने । 

आजसम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाइ भएको छ । 

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नागरिक एप कार्यान्वयनमा मुख्य तीन कुरामा ध्यान दिनु पर्ने बताए ।पहिलो सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार ग्रामिण भेगसम्म पुग्नु पर्ने बताए । अहिले इन्टरनेट र स्मार्टफोन भएकालाई मात्र नभएर पहँुच नभएकालाई पनि सेवा दिनुपर्ने उनको धारणा थियो ।दोश्रो, नागरिक एप र अन्य सेवासँगै डिजिटल साक्षरतालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । यसको लागि क्यान महासंघले सहकार्य गर्न तयार रहेको र सरकारले जिनी क्षेत्रसँग सहकार्य गरेर काम गर्नु पर्ने बताए । त्यस्तै, उनले दक्ष जनशक्तीको आवश्यकतालाई औल्याए । सरकारी कर्मचारी प्रविधिमैत्री हुन नसकेको भन्दै त्यस तर्फ पनि ध्यान दिनु पर्ने बताए । 

युवा प्रतिनिधी सेलिसा क्षेत्री नागरिक एप आफूले सोचेभन्दा धेरै राम्रो पाएको बताइन् । राम्रो हुदाहुदै पनि यसमा धेरै जनाको गुनासो रहेको भन्दै त्यो सम्बोधन गर्न राम्रो समन्वय गर्नुपर्ने उनले बताइन् । 

‘गुनासो सम्बोधन यति दिनमा हुन्छ भनेर तोकिदिनु पर्छ,’ उनले भनिन्, ‘त्यसरी आएका समस्या समाधान गर्दै जाने हो भने यसको प्रभावकारिता धेरै हुन्छ ।’ सरकारी सेवाहरु लिदा लामो लाइन बस्नुपर्ने बाध्यता रहेको र अन्य डकुमेन्टका समस्याहरु भएको अवस्थामा यसको समाधानमा एपले ठूलो सहयोग हुने वक्ताहरुले बताए । 

त्यस्तै पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपुर्ण प्लाटफर्मको रुपमा विकास भइरहको हुँदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने बताए । जनताले यसबाट लाभ लिन सक्नुपर्छ अनिमात्र नतिजा देखिने शाहको भनाइ थियो ।

कार्यक्रममा सहभागीले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र नागरिकता नं.बाट तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए । सरकारले मेहेनत र चुनौतीका साथ ल्याइएको यस एप्लिकेशनको सहि प्रयोग दुरदराजसम्म पुर्याउन आवश्यक रहेको र सरकार तथा कर्मचारी परिवर्तनसँगै यसको कार्यान्वयन रोकिनु नहुने कार्यक्रममा सहभागीले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । 

कार्यक्रमको रिपोर्ट सम्बन्धित सरोकारवाला र सहभागिलाई समेत उपलब्ध गराउने आयोजकले जनाएको छ । 

अबको ३ वर्षमा एपमा अधिकांश सुविधाहरु उपलब्ध हुनेगरी काम भइरहेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द«मा होस्ट गरिएको एप्लिकेशन सञ्चालनमा अहिले एक दर्जन बढि जनशत्ती कार्यरत रहेका छन । निर्देशिका पारित भएसँगै ४० बढि जनशत्ती तयार गरी २४ घन्टा सेवा दिने मन्त्रालयले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved