गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, ३ दिन भित्र सरकार गठन गर्न आब्हान

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 09, 2021 | 05:19:47 PM मा प्रकाशित

predect in win

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन्।  गुरुङले पौडेलसमक्ष  राजीनामा बुझाएका थिए। 

गुरुङले नेपालको संबिधानको धारा १९६ को उपधारा १ क बमोजिम प्रदेश प्रमुख पौडेल समक्ष राजिनामा बुझाएको गण्डकी प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जनाएका छन्। 

अर्को मन्त्रिपरिषद गठन नहुँदासम्मको लागि मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्नेछ। 

नेपालको संबिधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पौडेलले तीन दिन भित्र सरकार गठन गर्नलाई आब्हान गरेकी छन्।  गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved