पार्टी एकताको पक्षमा उभिन ओलीको अपिल, कसैलाई पनि काखा पाखा नगर्ने सुनिश्चितता (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 05:38:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफुले कसैलाई पनि काखा पाखा नगर्ने विश्वास दिलाएका छन्। आइतवार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई क्षती पुर्याउने कुनै पनि क्रियाकलापमा नहुनलाई समेत आग्रह गरेका छन्। 

प्रधानमन्त्री ओलीले माधव पक्षको सामुहिक राजिनामालाई संकेत गर्दै आफ्नो राजनीतिक जीवन सिध्याएर भएपनि पार्टीलाई पछाडी पार्ने प्रयास गरिएको र यस्तो क्रियाकलापलाई इतिहासले माफी नदिने बताएका छन्। 

उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।

ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।

No description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved