अक्सिजनलाई लिएर सरकारले बेतुकको निर्णय गरेको गगन थापाको आरोप, दिए ३ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 05:59:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयको एउटा निर्देशनले कोभिड बिरामीले अक्सिजन नपाउँने त्रास बढिरहेको बेला पुर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले यस्तो निर्देशनको आलोचना गरेका छन्। 

आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको नेता थापाको तर्क छ। निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको र यसरी हचुवाको भरमा गरेको निर्णयले समाधान भन्दा बरु झन समस्या बढाएको उनले बताए। 

अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊका लागि पनि यो महामारीको बेला सिफारिसको नाममा झन्झट नथप्न भनेका छन्। उनले  अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर्नुपर्ने तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर्नलाई सरकारलाई सुझाव दिएका छन्। 

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएको थियो।  

यो पनि:  स्वास्थ्य मन्त्रालयको एउटा निर्णयले कोभिड बिरामीले समयमै अक्सिजन नपाउने त्रास

नेता थापाले एक बिज्ञप्ती जारी गर्दै सरकारलाई यी ३ सुझाव दिएका छन्। 

१.अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊ, झन्झट नथप। अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर। 

२.कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्नेतर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो होइन। त्यसका लागि मन्त्रालयले व्यष्लत च्बउष्म ब्अतष्यल त्भबm बनाएर प्रभावकारी रूपमा परिचालन गरी कुन अस्पतालमा शैया, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढङ्गले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ, कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।

३.यस्तो बेतुकको निर्णयले कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएका छन्, दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्।कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिनेरु अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved