प्रधानमन्त्रीलाई विश्वासको मत दिने बिषयमा जसपाको मध्यमार्गी निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 06:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने बिषयलाई लिएर मध्यममार्गीय निर्णय गरेको छ। जसपाको केन्द्रिय कार्यलयमा आज बसेको पदाधिकारीको बैठकले विश्वासको मतको बिषयमा सांसदहरुलाई स्व विवेक प्रयोग गर्ने अनुमति दिएको छ। 

विश्वासको मत दिने वा नदिने पक्षमा ह्विप जारी गर्ने निर्णयले पार्टीमा फुट आउँन सक्ने निष्कर्ष सहित आज बसेको जसपाको बैठकले मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।

जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा उभिदै आएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो।

तर पार्टीभित्र विवाद बढ्ने र विवादकै कारण पार्टी फुट्न सक्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो। जसपा नेताहरुले पार्टी विभाजन रोक्नका लागि यस्तो निर्णय लिइएको बताएका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आजै बिहानै कांग्रेस सभापति शेरबहादुर देउवा तथा ओलीलाई भेटेर बिश्वासको मत दिने वा नदिने बिषयमा आफ्नो पार्टी तठस्थ बस्ने निर्णय सुनाएका थिए।

फाईल फोटो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved