नेकपा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिन ह्‍वीप जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 06:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपा ९एमाले० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन भन्दै सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।  नेकपा एमाले संघीय संसदीय दलका मुख्य  सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्नलाई सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।

बैठकमा उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नलाई प्रमुख सचेतक भट्टराईले ह्विप जारि गरेका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।

यता विश्वासको मतमा महत्त्वपूर्ण भूमिका भएको भनिएको जनता समाजवादी पार्टी ९जसपा० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने बिषयलाई लिएर मध्यममार्गीय निर्णय गरेको छ। जसपाको केन्द्रिय कार्यलयमा आज बसेको पदाधिकारीको बैठकले विश्वासको मतको बिषयमा सांसदहरुलाई स्व विवेक प्रयोग गर्ने अनुमति दिएको छ। 

विश्वासको मत दिने वा नदिने पक्षमा ह्विप जारी गर्ने निर्णयले पार्टीमा फुट आउँन सक्ने निष्कर्ष सहित आज बसेको जसपाको बैठकले मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved