उपप्रधानमन्त्री पोखरेल र महावीर पुनबीच भेट, कोरोनाविरुद्वको लडाईंमा खेलेको भूमिकाको प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 06:33:23 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्दको लडाईंमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । 

सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन । कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताए । 

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए । उहाँका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । बैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । 

उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे साथै सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उनले बताए । 

उनीहरुबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved