माधव पक्षले दियो भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम, ओलीबाट २ बिषयमा प्रतिबद्धताको माग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 09, 2021 | 08:31:17 PM मा प्रकाशित

predect in win

नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्मलाई प्रतिबद्धता व्यक्त गर्नलाई अल्टिमेटम दिएको छ। माधव पक्षको आज बसेको बैठकले ओली पक्षलाई पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको हो।

माधव नेपाल पक्षका सांसदरुको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको योगेश भट्टराईले जानकारी दिएका छन्। पार्टीलाई सहमतीमा फर्काउने मुख्य दायित्व पार्टी अध्यक्ष केपी ओलीको भएको तर उनले आफ्नो दायित्व पुरा नगरेको आफुहरुको निष्कर्ष रहेको भट्टराईले बताए। 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले आज जारी गरेको प्रेस बिज्ञप्तीमा एउटा पक्षलाई दोषारोपण गर्ने काम गरेको भट्टराईले आरोप लगाएका छन्। यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

फागुन २३ गते अदालतको फैसलाले एमाले २०७५ जेठ २ मा फर्किएको निर्णय गरेकाले त्यहि एमाले त्यहि अवस्थाबाट अगाडी बढ्नुपर्ने आफुहरुको पहिलो माग रहेको भट्टराईले बताए। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमति साथ अगाडी बढाउने गरि प्रतिबद्धता आयो भने भोलिको प्रतिनिधि सभामा आफ्नो उपस्थिति हुने र बिश्वासको मतको पक्षमा भोट हाल्ने उनले बताए। 

तर प्रतिबद्धता आएन भने आफुहरुले कठोर निर्णय लिन बाध्य हुने भट्टराईले बताए। ९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए। ओलीबाट प्रतिबद्धता नआएको अवस्थामा भोलि साढे ९ बजे फ्लोर क्रस गर्ने वा सामुहिक राजिनामा दिने भन्नेबारे निर्णय हुने समेत उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved