प्रहरीले संकलन गर्यो २७ सय अक्सिजन सिलिण्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 08:53:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार साँझसम्म २ हजार ७८१ वटा अक्सिजन सिलिण्डर संकलन भएको छ । नेपाल प्रहरीले विभिन्न स्थानबाट संकलन गरेको अक्सिजन सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगमा बुझाएको छ । 

संकलन गरिएका मध्ये ९ सय वटा सिलिण्डर अस्पताललाई र १ हजार ८८१ वटा सिलिण्डर अक्सिजन उद्योगमा बुझाईएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए । उद्योग, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा रहेका अक्सिजन सिलिण्डर संकलन गरिएको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved