अख्तियारको आयुक्तमा डा. पौडेल र डा. अमात्य सिफारिस

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 09, 2021 | 09:50:33 PM मा प्रकाशित

predect in win

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्यको नाम सिफारिस भएको छ । संवैधानिक परिषदको बैठकले अख्तियारमा रिक्त रहेका २ आयुक्त नियुक्तिको लागि नाम पठाएको हो । 

सिफारिस भएका डा. पौडेल राष्ट्रपति कार्यालयका सचिव र डा. अमात्य प्राध्यापक तथा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् । उनी काठमाडौं महानगरपालिकाको फोहोर मैला व्यवस्थापन विभागको प्रमुख पनि थिइन् । 

सार्वजनिक प्रशासनमा विद्यावारिधी डा. पौडेल निजामति प्रशासनमा कहिल्यै पनि विवादमा नआएका व्यक्ति हुन् । 

अमात्य भने नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव एवम् मृत्युपर्यन्त नेकपा एमालेको मानार्थ स्थायी कमिटी सदस्य तुलसीलाल अमात्यकी छोरी हुन् । 

अख्तियारमा आयुक्त डा. गणेशराज जोशीको राजीनामा र सावित्री गुरुङको कार्यकाल सकिएपछि २ आयुक्त पद रिक्त थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved