भारतले सार्वजनिक गर्यो कोभिड विरुद्धको औषधि, पानीमा घोलेर खान मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 12:56:52 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले आज सार्वजनिक गरेको हो ।

भारतीय सञ्चार माध्ययम ए.एन.आई का  अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले कोभिड १९ विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका हुन्।

भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि विकास गरेको हो । धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । 

औषधिले भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको वृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताईएको छ  । यसले कोरोना लागेका व्यक्ति छिटो निको हुने र अक्सिजनमा भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि बताईएको छ  । 

भारतीय सञ्चार माध्ययमका अनुसार दोस्रो लहरबाट प्रभावित बनेको भारतमा कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ ।

डीआरडीओ का अध्यक्ष डा जी सतिश रेड्डी ले आफ्नो सँस्थाले बनाएको यो औषधि कोभिड १९ का बिभिन्न भेरिएन्टबाट संक्रमितको उपचारमा काम आउने दाबि गरेका छन् । अंग्रेजी क्यालेन्डरको जुन महिनादेखि आफ्नो संस्थाले यो औषधि प्रति दिन एक लाख प्याकेट उत्पादन गर्ने समेत उनले बताएका छन्।

अहिले सुरुवाती अवस्थामा यो औषधि हाललाई आर्मी अस्पतालमा मात्र उपलब्ध हुने र अन्य अस्पतालमा आवश्यकता अनुसार उपलब्ध हुने समेत उनले जानकारी दिएका छन् । तर बजारमा भने जुन महिनादेखि मात्र यो औषधि उपलब्ध हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved