राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधि सुरु, फेसबुकबाट पनि भोट माग्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 03:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदाता पहिचान गर्ने प्रमाणपत्र र मौन अवधि सार्वजनिक गरेको छ । आयोगले प्रेष विज्ञप्ति जारी गरी उक्त पहिचान गर्ने प्रमाणपत्र र मौन अवधि सार्वजनिक गरेको हो । 

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको हो । 

साथै उपनिर्वाचन प्रयोजनका लागि २०७८ जेठ ३ गते राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरु पालना गर्न गराउनका लागि आयोगले अनुरोध गरेको छ । 

निर्वाचन २०७८ जेठ ६ गते बिहीबारका दिन सम्पन्न हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved