एमालेको विवाद समाधान कार्यदलको पहिलो बैठक सम्पन्न, के के भए निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 06:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको विवाद समाधान कार्यदलको पहिलो बैठक आज बसेको छ ।  आजको बैठकमा पार्टीभित्र देखिएका आन्तरिक समस्या समस्या समाधान गर्दै जाने निर्णय गरेको छ । 

आजको बैठकले पार्टीमा एकता र समझदारी कायम गर्न तथा एक आपसमा अविश्वास असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन मातहतका कमिटी र कार्यकर्तालाई आह्वान गरेको छ । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागु गर्ने निर्णय पनि गरेको छ । 

पार्टीमा अध्यक्ष केपी ओली समुह र माधव नेपाल समुहबीच विवाद बढेपछि समाधानको लागि कार्यदल गठन भएको थियो । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य छन् । नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

दुवै पक्षबीच यस अघि नै जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved