अब नेपालमै अक्सिजन सिलिण्डर उत्पादन हुने

रासस

रासस

May 18, 2021 | 07:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विज्ञान तथा प्रबिधि प्रतिण्ठान (नाष्ट) ले नेपालमै अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोरोना महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको समया नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरे ।

नाष्टको बैज्ञानिकसंग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने लिनिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए । 

उनले भने, ‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौ ।’

उनका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । ‘नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्नानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो’ उनले भने, ‘अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ ।’

उनले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताए । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाकी रहेको बताउँदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो । सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । अन्तिम परीक्षण गर्न बाँकी रहेको प्रबिधि संकाय प्रमुख रविन्द्र ढकालले बताए । 

नाष्टका बैज्ञानिकले नेपाल यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने,  ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’

उनले अस्पताललाई आवश्यक पर्ने अक्सिजन अन्य निकायमा बढी खपत भएको कारण समस्या बढेको बताउँदै भने ‘अब सबै निकायबाट अक्सिजन सिलिन्डर ल्याएका छौ, अब समस्याको समाधान हुदै जानेछ ।’

नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । उनले नाष्टले कोभिड नियन्त्रणका लागि महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाईने जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved