गण्डकी प्रदेशका मुख्यमन्त्री पदमुक्त, पाएनन् विश्वासको मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 06:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउँन असफल भएका छन् । आज प्रदेशसभामा विश्वासको लागि भएको मतदानमा विश्वासको मतको पक्षमा २७ मत र विश्वासको मतको विपक्षमा ३० मत आएको हो ।  

विश्वासको मत नपाएसंगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वत: पदमुक्त भएका छन् । सरकारमा रही रहन ३१ मत चाहिनेमा  उनले पर्याप्त मत नपाएका हुन् 

 गुरुङलाई विश्वासको मत दिन उनकै मन्त्रीपरिषदका सदस्य राजिव गुरुङ ‘दीपक मनाङे’ अनुपस्थित भए । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । ति मध्ये ५८ जना उपस्थित भएका थिए भने ५७ जना मतदानमा सहभागी भएका थिए। 

 पृथ्वीसुब्बा गुरुङ विश्वासको मत नपाए प्रदेश सभा विघटन गर्ने संकेत गरिसकेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved