बादल पत्नी नैनकलालाई सरकारको प्रवक्ताको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 09:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मात्रै सञ्चारमन्त्री बनेकी नैनकला थापाले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बसेको मन्त्रिपरिषद बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री थापालाई दिएको हो । 

सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने विगतको अभ्यास र परम्परा अनुसार थापालाई उक्त जिम्मेवारी दिईएको एक मन्त्रीले जानकारी दिए । अब हरेक मन्त्रिपरिषद बैठकका निर्णय सञ्चारमन्त्री एवम् सरकारको प्रवक्ताको हैसियतमा थापाले सुनाउने छिन् । 

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमतिसमेत रहेकी नैनकलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सञ्चार मन्त्रीमा नियुक्त गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved