ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला, निशुल्क आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 05:50:59 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोकल नेपाल प्रा.ली ले ‘ग्लोकल टीन हीरो नेपाल’ २०२१ सातौं संस्करणका लागि आवेदन  खुला गरेको छ । गत बर्षझै यस बर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिने भएको हो ।

सेप्टेम्बर १ मा  ग्लोकल टिन हिरोे नेपाल अनलाइन आयोजना गरिने भएको हाे । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिने बताएको छ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुने ग्लोकलले जानकारी दिएको छ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाईनमै सञ्चालन हुनेछ ।

ग्लोकलले किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो वाई वाई ग्लोकल टिन हिरो, कार्यक्रम ल्याएको जनाएको छ । वाई वाई ग्लोकल टिन हिरो एउटा मंच हो, जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्ने बताईएको छ ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://nepal.glocalteenhero.com/ मार्फत निशुल्क आवेदन भर्न सकिने ग्लोकलले बताएको छ । 

पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तरवार्ता र दस्तावेज समिक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने बताईएको छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुने र २०२१ को विजेता घोषणा गरिने ग्लोकलले जनाएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने ग्लोकलले बताएको छ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोरकिशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको ग्लोकलले जानकारी दिएको छ ।

हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित भएका छन् भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंका बाट एकएक जना सम्मनित भएका ग्लोकलले बताएको छ । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य लिएको ग्लोकलको भनाई छ ।

अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुने र निर्णायक टोलीमा  युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, र  ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष सौरभ ज्योति रहने बताईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved