उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाउँदै एक हप्तालाई थप्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 06:12:55 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाएर एक हप्तालाई  थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको अनौपचारिक बैठकले निषेधाज्ञा एक हप्ता थप्ने तर केहि खुकुलो बनाउने बारे छलफल गरेको हो ।

निषेधाज्ञा थप्नेबारे बारे पर्सि आईतबार पुःन बैठक बसी निर्णय गर्ने बताईएको छ । आज कुन–कुन क्षेत्र खुलाउने तथा कुन कुन क्षेत्र नखुलाउने भन्नेबारे कुनै निर्णय नभएको जनाईएको छ । अहिले बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसलको समयावधि भने केहि समय थप गर्ने बुझिएको छ ।

कोरोना महामारीको जोखिम अझै पनि उस्तै रहेकाले केहि खुकुलो बनाएर थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भईरहेको जनाईएको छ । पछिल्लो पटक काठमाडौ उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिदैँ छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved