नेपाल प्रवेश गर्यो मनसुन, भारी वर्षाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 06:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आज जेठ २८ गतेबाट नेपालमा मनसुन प्रवेश भएको छ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडी आसपास बिकशित भएको Low Pressure Area (न्यून चापीय क्षेत्र)का कारण आजबाट नेपालको पूर्वी भूभागहरुः प्रदेश १प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन (Monsoon Onset) भएको जनाएको हो । 

विभागका अनुसार एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ। आगामी साता मनसुन सक्रिय भई देशका धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेकोले सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन अनुरोध गरेको छ।

मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved