प्रधानमन्त्री ओलीको हत्या गर्ने धम्कीप्रति एमालेको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2021 | 11:35:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले भर्त्सना गरेको छ । महात्मा गान्धीको हत्या गर्ने नथुराम गोड्से बनेर प्रधानमन्त्री ओलीको हत्या गर्न आफू तयार रहेको भन्दै दिएको अभिव्यक्तिमा फौजदारी कानूनसमेत आकर्षित हुने एमालले जनाएको छ । 

प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले गम्भिररुपमा लिएको उल्लेख गरेका छन् । 

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ’ विज्ञप्तिमा भनिएको छ । 

बागमती प्रदेशसभाको हिजोको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि’ भन्दै बोलेका थिए । 

उनले ‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि रु म बन्ने कि ?’ पनि भनेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved