गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2021 | 05:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य मन्त्री नियुक्त गरेकी हुन् ।

यस अघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउँ नसकेपछि उनी स्वत पदमुख भएका थिए । त्यसपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्न आग्रह गरेकी थिईन् । 

३१ सांसद सहित मुख्यमन्त्री दाबी गरेका पोखरेल संविधानको धारा १६८ को ५ बमोजिम  मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved