असार १ गतेदेखि कुनै पनि सडक खन्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 09:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले असार १ गतेदेखि कुनै पनि सडक खन्न नदिने भएको छ । भौतिक पूर्वाधार तथा वातावरण मन्त्रालय अन्तर्गतको सडक विभागले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि बिग्रदै जाने भएकोले सडक खन्न नदिने जनाएको हो । 

विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले २०७८ साल असार १ गतेदेखि देखि २०७८ साल भदौ मसान्तसम्म कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्नको लागि स्वीकृति नदिने भएको हो । 

कसैले जबर्जस्ती सडक खने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने कार्यालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved