मोडालिटी फेरेर लकडाउन थपिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 11:38:17 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा लकडाउन पुनः थपिने भएको छ । वैशाख १६ देखि जारी निषेधाज्ञा पुनः एक हप्ता थपिने भएको छ । यसबारे निर्णय गर्न उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

काठमाडौँ, भक्तपूर र ललितपूरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ गतेबाट लागू हुने गरी पुनः एक हप्ता लकडाउन थप गर्न लागेको हो । आजको बैठकले लकडाउन मोडालिटीबारे पनि थप निर्णय गर्ने छ । लकडाउनको मोडालिटी फेरबदल गरेर केही लुजडाउन गर्ने तयारीमा सरकार छ । 

जारी निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिँदै आईएको छ । हाल कायम रहेको निषेधाज्ञामा निर्माण सामग्री ओसार पसार गर्ने गाडी राति चल्न दिने व्यवस्था छ । गाडी तथा मोटरसाइकल मर्मत गर्ने वर्कसप पनि खुल्दै आएको छ ।

थपिने लकडाउनमा असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भएकाले पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved