नेपाल विज्ञापन संघले एड–डे विज्ञापन सप्ताह कार्यक्रम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 05:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन) ले  स्थापना दिवशको अवसरमा “एड˗डे ”को रुपमा “एड˗डे”  नेपाली विज्ञापन सप्ताह कार्यक्रम गर्ने भएको छ । संघले प्रेष विज्ञप्ति जारी गरी संघको स्थापना दिवस जेष्ठ ३० को अवसरमा एक हप्ता उक्त कार्यक्रम गर्न लागेको जनाएको हो । 

जस अनुसार एड–डे को लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने,  सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्बजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा बिशिष्ठ व्यतिmत्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योग सम्बन्धि र बिज्ञापनले गरेको प्रभाव सम्बन्धि भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने, विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीलाई वेभिनार मार्फत् श्रोता समक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलव्धी र अवसर आदि विषयमा अन्तरक्रिया गर्ने र विभिन्न मिडियाहरुमा गराउने, नेपाल विज्ञापन संघ (आन), एड–डे बिज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा  आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए । 

‘विज्ञापनदाता, मिडियाकर्मी, विज्ञापनकर्मी, कलाकर्मी, विज्ञापन सर्जक, पत्रकार, आम नागरिक, सुभेच्छुक सबैमा हार्दिक शुभकामना दिदै आगामी  दिनहरुमा पनि यहाँहरुको निरन्तर सहयोग, सदभाव र योगदानको नेपाल बिज्ञापन संघ (आन) हार्दिक अनुरोध गर्दछ । यस अवसरमा आनले सामाजिक दुरी कायम गर्दै, उच्च सावधानीका साथ, भिडभाड नगरी, सचिवालय शान्तीनगर, काठमाण्डौंमा जेष्ठ ३० गते बिहान ११ बजे  रक्तदानको आयोजना गर्दैछ । “एड डे” को मुख्य प्रायोजन बिजमान्डु र सह˗प्रायोजन अम्बे स्टिलले गरेको छ र मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटलाइट टेलिभिजनहरु, अनलाईन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी रहेको छ ।’ प्रेष विज्ञप्तिमा भनिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved