कर तिर्ने अवधि थपियो, अब कहिलेसम्म तिरे हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 06:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद थप गरेको छ । गत चैत र वैशाख महिनाको मासिक र द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ सम्म थपिएको हो । 

विभागका अनुसार चैत र वैशाख महिनाको अग्रिम करकट्टी भएको रकम र सोको विवरण बुझाउने म्याद पनि असार २५ सम्म नै थप गरिएको छ भने चैत र वैशाखको अन्तःशुल्क रकम र सोको विवरण दाखिल गर्ने अवधि पनि असार २५ सम्म थपिएको छ । 

सोही  दुई महिनाको बुझाउँनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिल गर्ने म्याद असार २५ सम्म कायम गरिएको  विभागले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved