सिन्धुपाल्चोकका बाढीपीडितलाई सिल्क ग्रुपद्वारा खाद्यान्न सहयोग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 16, 2021 | 07:21:18 PM मा प्रकाशित

अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई सिल्क ग्रुपले खाद्यान्न सहयोग गरेको छ । सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं प्रतिनिधिसभमाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिल्क ग्रुपले २०० बोरा चामल सहयोग गरेको हो । सिल्क ट्रान्सपोर्टमार्फत प्राप्त चामल आजै सभामुख सापकोटाले मेलम्ची–इन्द्रावती क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिका संयोजक कृष्णगोपाल तामाङलाई हस्तान्तरण गरेका छन्।

उक्त खाद्यान्न सिल्क ग्रुपले मेलम्चीमा पु¥याएर हस्तान्तरण गरेको हो । खाद्यान्न आजै प्रभावित क्षेत्रमा पु¥याइएको छ । सिल्क ग्रुपले बाढीपहिरो पीडितलाई १०० वटा त्रिपाल र म्याट्रेस पनि सहयोग गर्दै छ ।

तातोपानी भन्सारमा रहेको त्रिपाल र म्याट्रेस मेलम्चीका लागि हिँडाइएको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । हिमालय सीमापार व्यापारमा संलग्न सिल्क ग्रुपले यसअघि पनि प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

सिल्क ग्रुप उत्तरी नाका विशेषगरी तातोपानी नाकामार्फत नेपाल–चीन व्यापारमा क्रियाशील रहेको छ । सिल्क ग्रुपले कोरोना भाइरसको दोस्रो लहरका बेला नेपालमा अक्सिजन सिलिण्डरको चर्को अभाव भएका बेला चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो ।

तीन दिनदेखिको अविरल वर्षापछि मंगलबार साँझ सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीमा परेर दर्जनौ बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । बाढीले मेलम्ची बजारका अधिकांश क्षेत्र डुबानमा पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved