चीनबाट आयो थप ८ लाख ‘भेरोसेल’ खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 08:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए । उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसै बीच कोरोना खोप खरिदको लागि एसियाली विकास बैंकले नेपाललाई १९ अर्ब बढी ऋण दिने भएको छ । बैंकले नेपाललाई १६५ मिलियन डलर ऋण दिने भएको हो ।  डलरको मूल्य ११९ रुपैयाँ कायम हुँदा यो १९ अर्ब ६३ करोड नेपाली रुपैयाँ हुन्छ ।  यस ऋण सहयोगबाट नेपालले १ करोड ५९ लाख डोज खोप खरिद सक्ने र यसले ६० लाख ८० हजार जनालाई खोप लगाउन पुग्ने बैंकले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved